Reino
O Reino de Deus é o tema central da pregação de Jesus. Desde o início de seu ministério, Ele proclamou: 'Arrependei-vos, porque é chegado o Reino dos céus.'
O anúncio do Reino
Jesus inaugurou seu ministério proclamando a chegada do Reino. Ele convida todos ao arrependimento e à fé nessa nova realidade.
त्यस बेलादेखि येशूले यसो भन्दै प्रचार गर्न लाग्नुभयो, "पश्चात्ताप गर; किनकि स्वर्गको राज्य नजिकै आएको छ।"
उहाँले भन्नुभयो, "समय पूरा भइसकेको छ, परमेश्वरको राज्य नजिकै आइपुगेको छ। पश्चात्ताप गर र सुसमाचारमा विश्वास गर!"
त्यहाँ भएका बिरामीहरूलाई निको पार, र तिनीहरूलाई ‘परमेश्वरको राज्य तिमीहरूका नजिकै आइपुगेको छ’ भन।
सुसमाचार ल्याउनेहरू,
शान्ति घोषणा गर्नेहरू,
उद्धार घोषणा गर्नेहरू,
सियोनलाई "तेरा परमेश्वरले राज्य गर्नुहुन्छ!"
सुसमाचार ल्याउनेहरूका पाउ
पहाडहरूहुँदो कति सुन्दर!
A natureza do Reino
O Reino de Deus é governo soberano do Senhor sobre todas as coisas. Ele é o Rei eterno, imortal e invisível.
अब अनन्तका राजा, अविनाशी, अदृश्य, एउटै परमेश्वरलाई सदासर्वदा आदर र महिमा भइरहोस्! आमेन।
हे याहवेह, महानता, शक्ति,
महिमा, वैभव र प्रताप तपाईंकै हुन्;
किनकि स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरू सदासर्वदाका निम्ति तपाईंकै हुन्।
हे याहवेह, राज्य, तपाईंकै हो;
तपाईं सबैमाथि सर्वोच्च हुनुहुन्छ।
महिमाका यी महाराजाचाहिँ को हुनुहुन्छ?
सेनाहरूका याहवेह—
उहाँ नै महिमाका महाराजा हुनुहुन्छ। सेला
किनकि याहवेह हाम्रा न्यायकर्ता हुनुहुन्छ;
याहवेह हाम्रो व्यवस्थादाता हुनुहुन्छ;
याहवेह हाम्रा राजा हुनुहुन्छ;
हामीलाई बचाउनुहुने उहाँ नै हुनुहुन्छ।
याहवेह सारा पृथ्वीका राजा हुनुहुनेछ। त्यस दिन केवल याहवेह हुनुहुनेछ; अनि उहाँको नाम मात्र हुनेछ।
Entrar no Reino
Para entrar no Reino é preciso nascer de novo, tornar-se como criança e buscar primeiro a justiça de Deus acima de tudo.
येशूले जवाफ दिनुभयो, "म तिमीलाई साँच्चै भन्दछु, कोही नयाँ गरी जन्मेन भने त्यसले परमेश्वरको राज्य देख्न सक्दैन।"
येशूले जवाफ दिनुभयो, "म तिमीलाई साँच्चै भन्दछु, पानी र आत्माद्वारा नजन्मेसम्म कोही पनि परमेश्वरको राज्यमा प्रवेश गर्न सक्नेछैन।
तर पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर, र यी सबै कुराहरू तिमीहरूलाई दिइनेछन्।
येशूले भन्नुभयो, "साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई नरोक; किनकि स्वर्गको राज्य यस्तैहरूका लागि हो।"
धार्मिकताका निम्ति सतावटमा पर्नेहरू धन्य हुन्,
किनभने स्वर्गको राज्य तिनीहरूकै हो।
म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु: तिमीहरूले पृथ्वीमा जे बाँध्नेछौ, त्यो स्वर्गमा बाँधिनेछ, र तिमीहरूले पृथ्वीमा जे फुकाउनेछौ, त्यो स्वर्गमा फुकाइनेछ।"
Cidadãos do Reino
Os cristãos são concidadãos dos santos e membros da família de Deus, chamados a viver dignamente do Reino que receberam.
फलस्वरूप तिमीहरू अब विदेशी र अपरिचित होइनौ, तर परमेश्वरका जनहरूसँग सङ्गी नागरिक र उहाँको घरानाका सदस्यहरू भएका छौ। त्यो घराना प्रेरितहरू र अगमवक्ताहरूका जगमाथि बसालिएको छ; अनि जसको मुख्य ढुङ्गो ख्रीष्ट येशू आफैँ हुनुहुन्छ।
"ए सानो बगाल, नडराओ! किनकि तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रसन्न हुनुभएको छ।
पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू धन्य र पवित्र हुन्। तिनीहरूमाथि दोस्रो मृत्युको शक्तिले केही अधिकार गर्न सक्दैन, तर तिनीहरू परमेश्वरका र ख्रीष्टका पुजारीहरू हुनेछन्, र उहाँसित एक हजार वर्षसम्म राज्य गर्नेछन्।
दुष्ट काम गर्नेहरू परमेश्वरको राज्यको उत्तराधिकारी हुनेछैनन् भनेर के तिमीहरूलाई थाहा छैन? धोकामा नपर: न यौन अनैतिक व्यक्तिहरू, न मूर्तिपूजकहरू, न व्यभिचारीहरू, न समलिङ्गीहरू, न चोरहरू, न लोभीहरू, न मतवालाहरू, न निन्दा गर्नेहरू, न त लुटाहाहरू परमेश्वरको राज्यको हकदार हुनेछन्।