Salvador
Jesus é o Salvador do mundo. Desde a manjedoura até a cruz e a ressurreição, toda a Escritura aponta para Aquele que veio buscar e salvar o que se havia perdido.
O Salvador nasceu
Na plenitude dos tempos, Deus enviou seu Filho ao mundo. O anjo declarou: 'Hoje vos nasceu um Salvador, que é Cristo, o Senhor.'
आज दावीदको सहर बेथलेहेममा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, उहाँ नै ख्रीष्ट प्रभु हुनुहुन्छ।
उहाँ स्वभावमा परमेश्वर भएर पनि
परमेश्वरको बराबरी हुने कुरालाई पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन;
तर आफैँलाई रित्त्याईकन
एउटा सेवकको रूप लिएर
मानिसको प्रतिरूपमा बनिनुभयो।
अनि स्वरूपमा मानिसजस्तै भएर,
उहाँले आफैँलाई नम्र तुल्याउनुभयो,
र मृत्युसम्मै अर्थात् क्रूसको मृत्युसम्म नै
आज्ञाकारी हुनुभयो।
"तर तिमीहरू इजिप्टबाट निस्केर आएको समयदेखि नै,
म याहवेह तिमीहरूका परमेश्वर हुँ;
अनि तिमीहरूले मबाहेक अरू कसैलाई पनि परमेश्वर भनी स्वीकार नगर्नू,
मबाहेक अर्को कोही पनि मुक्तिदाता छँदैछैन।
O sacrifício redentor
Jesus deu a própria vida por nós. Ele é a propiciação pelos nossos pecados e o autor da salvação eterna para todos os que lhe obedecem.
अनि उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्चितको बलि हुनुहुन्छ, र केवल हाम्रा पापका निम्ति मात्र होइन, तर सारा संसारका पापका निम्ति पनि हुनुहुन्छ।
प्रेम यही नै हो, हामीले परमेश्वरलाई प्रेम गरेनौँ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र आफ्ना पुत्रलाई हाम्रो पापको लागि प्रायश्चितको बलि बनाएर पठाउनुभयो।
किनकि हामी परमेश्वरका शत्रु छँदै उहाँका पुत्रको मृत्युद्वारा उहाँसँग मिलापमा ल्याइएका छौँ भने अब परमेश्वरसँग हाम्रो मिलाप भइसकेपछि उहाँको जीवनमार्फत् अझ बढी बचाइनेछौँ।
किनकि तिमीहरू जान्दछौ, तिमीहरूका पितापुर्खाबाट तिमीहरूले पाएको खोक्रो परम्परादेखि छुटकारा पाएका छौ, चाँदी वा सुनजस्ता नाशवान् वस्तुबाट होइन, तर दाग र खोट नभएको थुमा, ख्रीष्टको बहुमूल्य रगतले छुटकारा पाएका छौ।
परमेश्वरको अनुग्रहको प्रशस्तताअनुसार ख्रीष्टको रगतद्वारा हामीले उहाँमा उद्धार र पापहरूको क्षमा पाएका छौँ।
म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु र अब उप्रान्त जिउने म होइन, तर ख्रीष्ट ममा जिउनुहुन्छ। अहिले म शरीरमा जुन जीवन जिउँछु, त्यो म परमेश्वरको पुत्रमा राखेको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफूलाई मेरो निम्ति अर्पण गर्नुभयो।
O caminho da salvação
Jesus é o mediador da nova aliança. Ele vive para interceder por nós e pode salvar perfeitamente todos os que se achegam a Deus por meio dele.
एकपल्ट सिद्ध हुनुभएपछि उहाँका आज्ञा मान्नेहरू सबैको लागि अनन्त मुक्तिको स्रोत हुनुभयो;
यसकारण जति जना उहाँद्वारा परमेश्वरमा आउँछन्, तिनीहरूलाई सदासर्वदा पूर्णतया बचाउन सक्नुहुन्छ; किनकि तिनीहरूको मध्यस्थता गर्न उहाँ सधैँ जिउनुहुन्छ।
यसकारण ख्रीष्ट नयाँ करारको मध्यस्थकर्ता हुनुहुन्छ, ताकि बोलाइएकाहरूले अनन्तको उत्तराधिकार पाऊन् अर्थात् मानिसहरूले पहिलो करार अन्तर्गत गरेका पापहरूबाट छुटकारा पाऊन् भनेर उहाँ छुटकाराको मोल भई मर्नुभएको छ।
हाम्रा विश्वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूमा हाम्रा आँखा केन्द्रित गरौँ, जसले आफ्नो अगि राखिएको आनन्दको निम्ति अपमानलाई केहीजस्तो नठानी क्रूसको कष्ट भोग्नुभयो, र परमेश्वरको सिंहासनको दाहिने हाततिर विराजमान हुनुभयो।
किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमाबाट टाढा भएका छन्; र परमेश्वरको अनुग्रहले ख्रीष्ट येशूबाट आउने उद्धारद्वारा सबै जना सित्तैँमा धर्मी ठहराइएका छन्।
तर परमेश्वरले आजका दिनसम्म मलाई सहायता गर्नुभएको छ; त्यसकारण आज म यहाँ उभिएको छु; र साना र ठूला सबैको सामु साक्षी दिँदैछु। अगमवक्ताहरू र मोशाले हुन आउने कुराहरूका बारेमा जे भनेका थिए, त्योभन्दा बढ्ता मैले कुनै कुरा पनि भनेको छैनँ। अर्थात् ख्रीष्टले ठूलो कष्ट सहनुपर्नेछ, र मरेकाहरूबाट जीवित हुने उहाँ नै पहिलो हुनुहुनेछ; आफ्ना जनहरू र गैरयहूदीहरूलाई ज्योतिको सन्देश ल्याउनुहुनेछ।"
ती स्वर्गदूतले ती स्त्रीहरूलाई भने, "नडराओ, किनकि तिमीहरू क्रूसमा टाँगिएका येशूलाई खोज्दैछौ भनी म जान्दछु। उहाँ यहाँ हुनुहुन्न: उहाँले भन्नुभएझैँ उहाँ जीवित हुनुभएको छ। आओ, र उहाँलाई राखिएको ठाउँ हेर।
म जान्दछु मेरा उद्धारकर्ता जीवित हुनुहुन्छ,
र उहाँ अन्त्यको दिनमा यस पृथ्वीमा खडा हुनुहुनेछ।