O sangue de Jesus
O sangue de Jesus é o fundamento da redenção cristã. Através do seu sangue derramado na cruz, recebemos perdão, purificação e acesso à presença de Deus.
O poder redentor do sangue
O sangue de Cristo é o preço do nosso resgate. Sem derramamento de sangue não há remissão de pecados, e Cristo ofereceu o sacrifício perfeito e definitivo.
वास्तवमा व्यवस्थाअनुसार प्रायः हरेक थोक नै रगतद्वारा शुद्ध गरिनुपर्छ; अनि रगत नबगाईकन पाप क्षमा नै हुँदैन।
बोका, साँढेहरूको रगत र कोरलीको खरानी अशुद्ध मानिसहरूमा छर्किंदा तिनीहरू बाहिरी रूपमा शुद्ध हुन्छन् भने, झन् आफूलाई परमेश्वरमा अनन्त आत्माद्वारा निष्खोट अर्पण गर्नुहुने ख्रीष्टको रगतले मृत्युमा लैजाने पाप कर्महरूदेखि हाम्रा विवेकलाई कति बढी शुद्ध पार्ला ताकि हामीले जीवित परमेश्वरको सेवा गर्न सकौँ।
किनकि बोका र साँढेहरूको रगतले पाप हटाउन असम्भव छ।
यसकारण येशूले पनि आफ्नै रगतद्वारा मानिसहरूलाई पवित्र पार्नलाई सहरको ढोकाबाहिर नै दुःख भोग्नुभयो।
नयाँ करारका मध्यस्थ येशूकहाँ, र हाबिलको रगतभन्दा अझ राम्रोसँग बोलिदिने रगतको छिट्काउमा आएका छौ।
Perdão e purificação
O sangue de Jesus nos purifica de todo pecado. Nele temos redenção e perdão, segundo as riquezas de sua graça.
तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ, त्यसरी नै यदि हामी पनि ज्योतिमा हिँड्छौँ भने एक-अर्कासँग हाम्रो सङ्गति हुन्छ, र उहाँको पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।
परमेश्वरको अनुग्रहको प्रशस्तताअनुसार ख्रीष्टको रगतद्वारा हामीले उहाँमा उद्धार र पापहरूको क्षमा पाएका छौँ।
तर तिमीहरू, जो ख्रीष्ट येशूमा बितेको एक समयमा टाढा थियौ, अहिले ख्रीष्टको रगतद्वारा नजिक पारिएका छौ।
यो करारको मेरो रगत हो, जो धेरैको पापहरूको क्षमाका लागि बहाइन्छ।
अनि येशू ख्रीष्टबाट, जो विश्वसनीय साक्षी, मृतकहरूमध्ये पहिले जीवित हुनुभएका र पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ।
उहाँले हामीलाई प्रेम गर्नुहुन्छ, र उहाँले नै आफ्नो रगतले हाम्रा पापहरूबाट हामीलाई स्वतन्त्र पार्नुभयो;
परमेश्वरले ख्रीष्टलाई उहाँको रगत बगाइद्वारा पाप क्षमाको बलिदानको रूपमा प्रस्तुत गर्नुभयो; जुन विश्वासद्वारा ग्रहण गर्नुपर्दछ। यो उहाँले आफ्नो धार्मिकता प्रकट गर्नलाई यसो गर्नुभएको थियो; किनकि उहाँको सहनशीलतामा पहिले गरिएका पापहरू उहाँले दण्ड दिनुभएन।
ख्रीष्टको रगतद्वारा हामी धर्मी ठहराइएका हुनाले, परमेश्वरको क्रोधबाट उहाँद्वारा निश्चय नै बचाइनेछौँ!
O sangue da aliança
Desde o Êxodo, o sangue é sinal de aliança entre Deus e seu povo. O sangue do Cordeiro pascal prefigurava o sacrifício supremo de Cristo.
तब मोशाले इस्राएलका सबै प्रधानहरूलाई बोलाएर तिनीहरूलाई भने, "झट्टै गएर तपाईंहरूका परिवारहरूका निम्ति पशुहरू रोज्नुहोस् र निस्तार चाडको पाठो मार्नुहोस्। हिसपको एउटा झुप्पा लिएर भाँडामा भएको रगतमा चोप्नुहोस्, र केही रगत चौकसका माथिल्लो र दुवैतिरका भागमा लगाउनुहोस्। बिहानसम्म आफ्नो घरदेखि कोही पनि बाहिर ननिस्कोस्। जब याहवेह इजिप्टियनहरूलाई प्रहार गर्नलाई यस देशबाट भएर जानुहुनेछ, तब उहाँले चौकसका माथिल्ला र दुई छेउका भागहरूमा रगत देख्नुहुनेछ; अनि उहाँले त्यस ढोकालाई नाघेर जानुहुनेछ, र विनाशकर्तालाई नाश गर्न तपाईंहरूका घरमा पस्न दिनुहुनेछैन।
किनकि शरीरको प्राण त्यसको रगतमा हुन्छ। अनि मैले त्यो वेदीमा तिमीहरू आफ्नै प्रायश्चित गर्नु भनेर तिमीहरूलाई दिएको छु। रगतद्वारा नै कसैको प्राणको निम्ति प्रायश्चित गरिन्छ।
"तर तिमीहरूले मासुसँग रगतचाहिँ नखानू, जसमा त्यसको जीवन हुन्छ। तिमीहरूका जीवन अर्थात् रगत लिनेको निश्चय नै म लेखा लिनेछु। म हरेक पशुबाट प्राणको लेखा लिनेछु; र हरेक मानिसबाट पनि, अरू मानिसका प्राणको लेखा म लिनेछु।
"जसले मानिसको रक्तपात गर्छ,
मानिसबाटै त्यसको पनि रक्तपात हुनेछ;
किनकि परमेश्वरले मानिसलाई
आफ्नै स्वरूपमा बनाउनुभएको हो।
" ‘तिमीहरू बसेको ठाउँलाई दूषित नपार्नू। हत्याले देशलाई दूषित पार्छ, र हत्याराको मृत्युको रगतबाहेक हत्या भएको देशका निम्ति अरू कुनै पनि कुराले प्रायश्चित गर्न सकिँदैन।
Vitória pelo sangue
Os cristãos vencem o acusador pelo sangue do Cordeiro e pela palavra do seu testemunho. O sangue comprou para Deus gente de toda tribo e língua.
तिनीहरूले त्यसलाई थुमाको रगतले
र तिनीहरूका साक्षीको वचनले जितेका छन्;
तिनीहरूले मृत्युसम्मै पनि
आफ्ना जीवनलाई प्रेम गरेनन्।
किनकि तिमीहरू जान्दछौ, तिमीहरूका पितापुर्खाबाट तिमीहरूले पाएको खोक्रो परम्परादेखि छुटकारा पाएका छौ, चाँदी वा सुनजस्ता नाशवान् वस्तुबाट होइन, तर दाग र खोट नभएको थुमा, ख्रीष्टको बहुमूल्य रगतले छुटकारा पाएका छौ।
आफ्नो र सम्पूर्ण बगालको लागि होसियारी हुनुहोस्। पवित्र आत्माले तपाईंहरूलाई बगालको हेरचाहको लागि चुन्नुभएको छ; परमेश्वरको मण्डलीको गोठालो हुनुहोस्, जसलाई उहाँको आफ्नै रगतले किन्नुभएको छ।
येशूले तिनीहरूलाई भन्नुभयो, "साँच्चै, म तिमीहरूलाई भन्दछु, जबसम्म तिमीहरूले मानिसको पुत्रको मासु खाँदैनौ र उसको रगत पिउँदैनौ, तबसम्म तिमीहरूमा जीवन हुँदैन। जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ, ऊसँग अनन्त जीवन छ। अनि अन्त्यको दिनमा म उसलाई जीवित पार्नेछु।
उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ, जो पानी र रगतद्वारा आउनुभयो—येशू ख्रीष्ट। उहाँ केवल पानीद्वारा मात्र आउनुभएन, तर पानी र रगतद्वारा आउनुभयो। अनि साक्षी दिने पवित्र आत्मा नै हुनुहुन्छ; किनकि पवित्र आत्मा सत्य हुनुहुन्छ।