O Senhor é o meu pastor
O Salmo 23 é a expressão máxima da confiança em Deus como Pastor. Jesus se declarou o Bom Pastor que conhece suas ovelhas, cuida delas e dá a própria vida por elas.
O Senhor é o meu Pastor
Davi declarou com confiança que o Senhor é seu pastor e nada lhe faltará. Ele nos guia, nos restaura e nos conduz em caminhos de justiça.
याहवेह मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको घटी हुँदैन।
याहवेह मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको घटी हुँदैन।
उहाँले मलाई हरियो खर्कमा सुताउनुहुन्छ;
उहाँले मलाई शान्त पानीतिर डोर्याउनुहुन्छ।
उहाँले मेरो प्राणलाई पुनः ताजा पार्नुहुन्छ।
उहाँले आफ्नो नामको खातिर
मलाई धार्मिकताका मार्गहरूमा अगुवाइ गर्नुहुन्छ।
तपाईंको प्रजाहरूलाई बचाउनुहोस् र तपाईंको उत्तराधिकारलाई आशिष् दिनुहोस्;
तिनीहरूका गोठालो हुनुहोस् र सदाकालको निम्ति तिनीहरूलाई सम्हाल्नुहोस्।
O Bom Pastor
Jesus é o Bom Pastor que conhece suas ovelhas pelo nome. Ele dá a vida por elas, as protege e nenhuma pode ser arrebatada de sua mão.
"असल गोठालो म नै हुँ। असल गोठालाले आफ्ना भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्दछ।
"असल गोठालो म नै हुँ; म आफ्ना भेडाहरूलाई चिन्छु र मेरा भेडाहरूले मलाई चिन्छन्। जसरी पिताले मलाई चिन्नुहुन्छ, र म पितालाई चिन्छु, र म मेरो प्राण आफ्ना भेडाहरूका लागि अर्पण गर्छु। मेरा अरू पनि भेडाहरू छन्, जो यस गोठका होइनन्। मैले तिनीहरूलाई पनि ल्याउनु परेको छ। तिनीहरूले पनि मेरो सोर सुन्नेछन्; र एउटै बगाल र एउटै गोठालो हुनेछ।
तर ढोकाबाट भित्र पस्ने मानिसचाहिँ आफ्नो भेडाको गोठालो हो। गोठ कुर्नेले उसका निम्ति ढोका खोलिदिन्छ, र भेडाहरूले उसको सोर सुन्छन्। उसले आफ्ना भेडाहरूलाई नाम काढि-काढि बोलाउँछ र तिनीहरूलाई बाहिर लैजान्छ। उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकालिसकेपछि, ऊ तिनीहरूका अगि-अगि हिँड्छ, र भेडाहरूले उसलाई पछ्याउँछन्। किनकि तिनीहरूले उसको सोर चिन्छन्।
किनकि "तिमीहरू बरालिएका भेडाजस्तै थियौ," तर अब तिमीहरू आफ्ना प्राणका गोठालो र संरक्षक ख्रीष्टकहाँ फर्केका छौ।
अनि जब प्रधान गोठालो देखा पर्नुहुनेछ, तब तिमीहरूले कहिल्यै नओइलाउने महिमाको मुकुट पाउनेछौ।
O cuidado pastoral de Deus
Como pastor terno e forte, Deus carrega os cordeiros nos braços e guia com cuidado as ovelhas que amamentam.
हेर, सार्वभौम याहवेह शक्तिसाथ आउनुहुन्छ,
र आफ्नो बाहुलीले शासन गर्नुहुन्छ।
हेर, उहाँको पुरस्कार उहाँसितै छ,
र उहाँको प्रतिफल उहाँको साथमा छ।
उहाँले आफ्ना बगाललाई गोठालाले झैँ हेरचाह गर्नुहुन्छ:
उहाँले थुमाहरूलाई आफ्ना अँगालोमा लिनुहुन्छ;
तिनीहरूलाई आफ्नो मुटुको नजिक राख्नुहुन्छ;
उहाँले स-साना बच्चा भएकाहरूलाई बिस्तारै डोर्याउनुहुन्छ।