Separação
A separação traz dor profunda, mas a Bíblia nos consola com a promessa de que Deus nunca nos abandona. Seja na perda, na distância ou no luto, Ele é nosso refúgio.
Deus está presente na dor
O Senhor está perto dos quebrantados de coração e promete nunca nos deixar órfãos. Na separação, Ele é nosso consolo mais íntimo.
याहवेह हृदय टुटेकाहरू सबैका नजिक हुनुहुन्छ,
र आत्मामा पिसिएकाहरूलाई उहाँले बचाउनुहुन्छ।
मृत्युको अन्धकारमय
घाटीबाट भएर जानुपरे तापनि
म कुनै खतरादेखि डराउनेछैनँ;
किनकि तपाईं मेरो साथमा हुनुहुन्छ;
तपाईंको लहुरो र तपाईंको छडीले
मलाई सान्त्वना दिन्छन्।
उहाँले हृदय टुटेकाहरूलाई निको पार्नुहुन्छ,
र तिनीहरूका चोटहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ।
म तिमीहरूलाई टुहुरा छोड्नेछैनँ। म तिमीहरूकहाँ आउनेछु।
मेरा बुबाआमाले मलाई त्यागे तापनि
याहवेहले मलाई सम्हाल्नुहुनेछ।
Esperança e conforto
A separação não é o fim. Deus transforma a dor em esperança, e o sofrimento presente produz uma glória eterna que supera toda aflição.
हे दाजुभाइ-दिदीबहिनीहरू हो, मरिसकेका विश्वासीहरूका विषयमा तिमीहरू अजान बस भन्ने हामी चाहँदैनौँ; किनकि अरू आशा नभएकाहरूले गरेझैँ तिमीहरूले शोक नगर।
म विचार गर्दछु, यस वर्तमानका हाम्रा कष्टहरू हामीमा पछि प्रकट हुने महिमाको तुलनामा केही पनि होइन।
उहाँले हाम्रा सबै सङ्कष्टहरूमा हामीलाई सान्त्वना दिनुहुन्छ, ताकि कुनै पनि सङ्कष्टहरूमा परेकाहरूलाई हामीले परमेश्वरबाट पाएका सान्त्वनाबाट सान्त्वना दिन सकौँ।
तिमीहरूले स्थिर भइरहनु खाँचो छ; किनकि तिमीहरूले परमेश्वरको इच्छा पूरा गरिसकेपछि उहाँले प्रतिज्ञा गर्नुभएको कुरा प्राप्त गर्नेछौ।
आगोबाट खारिने, तर नष्ट भएर जाने सुनभन्दा पनि तिमीहरूको विश्वास मूल्यवान् छ। तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस्, र येशू ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्य बनोस्।
Amor que persevera
O amor verdadeiro é mais forte que a separação. A fé nos sustenta e nos dá a certeza de que o reencontro virá.
उर्लेको पानीले पनि प्रेमलाई निभाउन सक्दैन;
नदीले पनि त्यसलाई बगाउन सक्दैन।
यदि मानिसले प्रेमको निम्ति
आफ्नो घरको सारा धनसम्पत्ति दिइहाले तापनि
यो पूर्ण अवहेलना हुनेछ।
मित्रहरू
त्यसलाई मिस्पा पनि भनियो; किनकि तिनले भने, "हामी एक-अर्कादेखि अलग रहे तापनि याहवेहले तिमी र मलाई हेरचाह गरून्।
मैले यही बालकका निम्ति प्रार्थना गरेकी थिएँ। अनि याहवेहले मैले उहाँसित मागेको कुरा मलाई दिनुभयो। यसकारण अब म यस बालकलाई याहवेहका निम्ति अर्पण गर्दैछु। किनकि यसको जीवनकालभरि यसलाई याहवेहको निम्ति अर्पण गरिएको हुनेछ।" अनि त्यहाँ तिनीहरूले याहवेहको आराधना गरे।
तर जे कुराहरू मेरा निम्ति मूल्यवान् थिए, अब ती कुराहरूलाई ख्रीष्टको निम्ति म व्यर्थको ठान्दछु। हो, मेरा प्रभु ख्रीष्ट येशूको असीम मूल्यको ज्ञानको तुलनामा म अरू सबै कुराहरूलाई नै व्यर्थको ठान्दछु। उहाँको निम्ति मैले अरू सबै कुराहरू त्यागेको छु; त्यसलाई कसिङ्गरतुल्य ठानेको छु, ताकि म ख्रीष्टलाई प्राप्त गर्न सकूँ।