Temor do Senhor
O temor do Senhor é o princípio da sabedoria. Não se trata de medo, mas de reverência profunda, respeito e admiração diante da santidade e grandeza de Deus.
O princípio da sabedoria
A Escritura afirma que temer ao Senhor é o primeiro passo para a verdadeira sabedoria. Quem teme a Deus discerne o certo e aprende a viver com prudência.
याहवेहको भय नै बुद्धिको सुरुवात हो;
उहाँका विधिहरू पालन गर्नेहरू सबैले ठिक समझशक्ति पाउँछन्।
उहाँको प्रशंसा अनन्तसम्म भइरहनेछ।
याहवेहको भय नै बुद्धिको सुरुवात हो,
र पवित्र परमेश्वरको ज्ञान नै समझशक्ति हो।
याहवेहप्रतिको श्रद्धाले नै मानिसलाई बुद्धि सिकाउँछ;
अनि सम्मान पाउनुभन्दा अगि नम्रता आउँछ।
अनि परमेश्वरले मानिस जातिलाई भन्नुभयो,
"हेर प्रभुको भय नै बुद्धि हो;
र दुष्टताबाट अलग रहनु नै समझशक्ति हो।"
याहवेहको भय स्वच्छ छ,
अनन्तकाल सम्मै स्थिर रहिरहने;
याहवेहका उर्दीहरू अटल छन्,
ती सबै धार्मिक सत्य छन्।
ती सुनभन्दा पनि ज्यादै बहुमूल्य,
निखुर सुनभन्दा, अझ ज्यादा बहुमूल्य छन्;
ती महभन्दा मिठा,
चाकाबाट झर्दै गरेको महभन्दा मिठा छन्।
तीद्वारा तपाईंका सेवकले चेतावनी पाउँछ;
ती पालन गर्दा ठूलो प्रतिफल मिल्छ।
Bênçãos do temor
Quem teme ao Senhor encontra vida longa, provisão e proteção. O temor de Deus nos guarda do mal e nos conduz à humildade.
धन, सम्मान र दीर्घायु;
नम्रता र याहवेहप्रतिको श्रद्धाका प्रतिफल हुन्।
याहवेहप्रति गरिएको श्रद्धाले जीवनको आयु लामो पार्छ;
तर दुष्टका आयुचाहिँ घटाइन्छ,
याहवेहप्रतिको श्रद्धा जीवनको मूल हो,
जसले मानिसलाई मृत्युको पासोबाट फर्काउँछ।
प्रेम र सत्यताद्वारा पापको प्रायश्चित हुन्छ;
याहवेहप्रतिको श्रद्धाद्वारा मानिस खराबीदेखि अलग रहन्छ।
धन्य हो त्यो मानिस, जसले सधैँभरि याहवेहप्रति श्रद्धा राख्छ;
तर आफ्नो हृदय कठोर गर्ने व्यक्ति जोखिममा पर्छ।
याहवेहलाई जाँच गरेर हेर कि उहाँ कति असल हुनुहुन्छ!
धन्य हुन् तिनीहरू, जसले उहाँमा शरण लिन्छन्।
हे याहवेहका पवित्र जनहरू हो, उहाँको डर मान;
किनकि उहाँको डर मान्नेहरूलाई केही कुराको खाँचो पर्दैन।
Vivendo no temor do Senhor
Temer ao Senhor é obedecer seus mandamentos, andar em seus caminhos e amá-lo de todo coração. Essa reverência se expressa em justiça e integridade.
याहवेह तिमीहरूका परमेश्वरलाई तिमीहरूले पछ्याउनू। अनि तिमीहरूले उहाँकै आदर गर्नू; उहाँका आज्ञाहरू पालन गर्नू र आज्ञाकारी हुनू; उहाँकै सेवा गर्नू। अनि उहाँमा विश्वासयोग्य भइरहनू।
याहवेह तिमीहरूका परमेश्वरका आज्ञाहरू पालन गर। उहाँका आज्ञामा हिँड र उहाँको आदर गर।
भयसाथ याहवेहको सेवा गर,
र कम्पनसाथ उहाँको आनन्द मनाओ।
हे मेरा बालबालिकाहरू हो, आओ र मेरा कुरा सुन।
म तिमीहरूलाई याहवेहको भय सिकाउनेछु।
तिमीहरूमध्ये कसैले जीवनलाई प्रेम गर्दछ,
दीर्घायु र असल दिनहरू देख्ने इच्छा गर्दछ भने
आफ्नो जिब्रोलाई खराब कुरादेखि
र आफ्नो ओठलाई झूटो बोल्नदेखि अलग राख!
दुष्टताबाट अलग बस र भलाइ गर;
शान्ति खोज, र त्यसको पछि लाग।
अब याहवेहको डर तिमीहरूमा रहोस्। होसियारीसाथ न्याय गर; किनभने याहवेह हाम्रा परमेश्वरले अन्याय, पक्षपात अथवा घूस लेनदेन गरेको सहनुहुन्न।"
" ‘तिमीहरूले सुन्न नसक्नेलाई नसराप्नू, अथवा दृष्टिविहीनको सामु ठेस लाग्ने कुरा नराख्नू; तर आफ्ना परमेश्वरको डर मान्नू। म नै याहवेह हुँ।
एक-आपसमा फाइदा नउठाऊनू; तर आफ्ना परमेश्वरको डर मान्नू। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।
" ‘यदि तिमीहरूका देशवासीहरूमध्ये कोही गरिब भएको छ, र त्यसले तिमीहरूबीच आफ्नो जीविका निर्वाह गर्न असमर्थ भयो भने तिमीहरूले परदेशी र अपरिचितलाई जसरी सहायता गर्नेथियौ, त्यसरी नै तिनीहरूलाई पनि सहायता गर्नू। अनि ती तिमीहरूसित बसिरहन पाऊन्। तिनीहरूबाट कुनै किसिमको ब्याज वा लाभ नलिनू। तर आफ्ना परमेश्वरको डर मान्नू; र तिमीहरूका दाजुभाइ तिमीहरूसित बसोबास गर्न पाऊन्।
"मेरा मित्रहरू हो, म तिमीहरूलाई भन्दछु, शरीरलाई मार्ने, तर त्यसपछि अरू केही गर्न नसक्नेहरूसँग नडराओ। तर तिमीहरू कोसँग डराउनुपर्छ, म तिमीहरूलाई चेतावनी दिँदछु: उहाँसँग डराओ, जससँग शरीरलाई मारेपछि नरकमा फालिदिने शक्ति छ। हो, म तिमीहरूलाई भन्दछु, उहाँसँग नै डराओ।