Todo poderoso
Deus é Todo-Poderoso — onipotente, onisciente e onipresente. Nada está além do seu alcance, nada escapa ao seu conhecimento e nada foge ao seu controle soberano.
O poder soberano de Deus
O Senhor reina sobre todas as coisas. Desde a criação do universo até os detalhes da nossa vida, seu poder se manifesta de forma absoluta e inesgotável.
"हे प्रभु याहवेह, तपाईंले आफ्नो महाशक्ति र बाहुबलले आकाश र पृथ्वीलाई बनाउनुभयो। तपाईंका निम्ति कुनै कुरा पनि कठिन छैन।
"म याहवेह सबै मानव-जातिका परमेश्वर हुँ। के मेरो निम्ति कुनै कुरा कठिन छ र?
याहवेह महान् र प्रशंसाको अति योग्य हुनुहुन्छ;
उहाँको महानता अपार छ।
हे याहवेह, महानता, शक्ति,
महिमा, वैभव र प्रताप तपाईंकै हुन्;
किनकि स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरू सदासर्वदाका निम्ति तपाईंकै हुन्।
हे याहवेह, राज्य, तपाईंकै हो;
तपाईं सबैमाथि सर्वोच्च हुनुहुन्छ।
धनसम्पत्ति र मान-सम्मान तपाईंबाट नै आउँछन्;
तपाईं सबै कुराहरूको शासक हुनुहुन्छ।
सबैलाई उच्च पार्न र सामर्थ्य तुल्याउन,
पराक्रम र सामर्थ्य तपाईंकै हातमा छन्।
किनकि परमेश्वरका अदृश्य गुणहरू अर्थात् उहाँका अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका वस्तुहरूमा छर्लङ्गै देखिएका छन्। यसैले मानिसहरूलाई परमेश्वरको विषयमा जान्न नसकिने भन्ने कुनै किसिमको बहाना छैन।
Nada é impossível para Deus
Para Deus não há impossíveis. O que parece inalcançável aos nossos olhos é plenamente realizável nas mãos do Todo-Poderoso.
किनकि परमेश्वरका निम्ति कुनै पनि कुरा असम्भव छैन।"
उहाँले भन्नुभयो, "हे अब्बा, पिता, तपाईंका निम्ति सबै थोक सम्भव छन्। मबाट यो कचौरा हटाइदिनुहोस्; तापनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाअनुसार होस्।"
याहवेहले नै गरिबी र धनसम्पत्ति पठाउनुहुन्छ;
उहाँले नम्र तुल्याउनुहुन्छ, र उहाँले नै उच्च पार्नुहुन्छ।
उहाँले गहिरा र गुप्तमा लुकेका कुराहरू प्रकट गर्नुहुन्छ;
उहाँले अन्धकारमा के छ भनी जान्नुहुन्छ;
अनि उहाँसँग ज्योतिले बास गर्छ।
O Rei eterno
Deus é o Rei eterno, imortal, invisível, único Deus sábio. Seu trono é desde a eternidade e seu reino não terá fim.
सर्वशक्तिमान् परमप्रभु परमेश्वर भन्नुहुन्छ, "म नै अल्फा र ओमेगा हुँ" जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो हुनआउनुहुनेछ।
अब अनन्तका राजा, अविनाशी, अदृश्य, एउटै परमेश्वरलाई सदासर्वदा आदर र महिमा भइरहोस्! आमेन।
पृथ्वी र यसमा भएका सबै थोक,
यो संसार र यसमा बास गर्ने सबै प्राणीहरू याहवेहकै हुन्;
हे याहवेह, सेनाहरूका परमेश्वर; हामीलाई पुनर्स्थापना गर्नुहोस्,
आफ्नो मुहार हामीमाथि चम्काउनुहोस्,
र हामी बचाइन सकौँ।
Refúgio no Todo-Poderoso
O poder de Deus é nosso abrigo. Em tempos de tempestade, podemos descansar na certeza de que Ele sustenta e protege os seus.
जो सर्वोच्च परमेश्वरको शरणमा बास गर्दछ,
त्यो सर्वशक्तिमान्को छत्रछायामुनि सुरक्षित रहनेछ।
म याहवेहको बारेमा भन्नेछु, "उहाँ मेरा शरणस्थान र किल्ला हुनुहुन्छ,
मेरा परमेश्वर, उहाँमा नै म भरोसा राख्दछु।"
मेरो जिब्रोमा कुनै शब्द आउनअगि नै,
हे याहवेह, तपाईंले त्यो सम्पूर्ण रूपले जान्नुहुन्छ।
अन्त्यमा प्रभुमा र उहाँको शक्तिशाली सामर्थ्यमा बलिया होओ।
किनकि म निश्चित छु, न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न दुष्ट आत्माहरूले, न वर्तमानले, न भविष्यले, न कुनै शक्तिहरूले, न कुनै उचाइले, न गहिराइले, न त सृष्टिमा कुनै चीजले ख्रीष्ट येशू हाम्रा प्रभुमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ।
हे प्यारा साना नानीहरू हो, तिमीहरू परमेश्वरका हौ, र झूटा अगमवक्ताहरूलाई जितेका छौ; किनकि जो तिमीहरूमा हुनुहुन्छ, उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ।
म तिनीहरूलाई र मेरो डाँडा वरिपरिका ठाउँहरूलाई आशिष् दिनेछु। म ठिक ऋतुमा झरी पठाइदिनेछु; त्यहाँ आशिष्को झरी हुनेछ।