Verdade
A verdade é um dos atributos centrais de Deus e um pilar da vida cristã. Jesus se declarou o caminho, a verdade e a vida. Viver na verdade é viver em liberdade e integridade.
Deus é a fonte da verdade
O Senhor é fiel e verdadeiro em todas as suas palavras. Sua Palavra é a verdade absoluta que ilumina nosso caminho e nos sustenta.
येशूले भन्नुभयो, "बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।
वचन देहधारी हुनुभयो, र हाम्रा बीचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देखेका छौँ, अर्थात् पिताबाट आउनुभएको अद्वितीय पुत्रको महिमा, जो अनुग्रह र सत्यताले पूर्ण हुनुहुन्छ।
किनकि याहवेहको वचन ठिक र सत्य छ;
उहाँ आफ्ना सबै कामहरूमा विश्वासयोग्य हुनुहुन्छ।
"परमेश्वरका प्रत्येक वचन खोटरहित छ;
उहाँमा शरण लिनेहरू सबैका निम्ति उहाँ ढाल हुनुहुन्छ।
हामी यो पनि जान्दछौँ, जो सत्य हुनुहुन्छ उहाँलाई हामीले जान्न सकौँ भनेर परमेश्वरको पुत्र आउनुभएको छ, र हामीलाई समझ दिनुभएको छ। अनि अहिले हामी उहाँमा छौँ; किनकि हामी उहाँको पुत्र येशू ख्रीष्टमा छौँ। उहाँ नै एक मात्र सत्य परमेश्वर र अनन्त जीवन हुनुहुन्छ।
O Espírito da verdade
Jesus prometeu enviar o Espírito Santo, o Espírito da verdade, que nos guia, ensina e nos faz lembrar de tudo o que Cristo disse.
तर म तिमीहरूलाई साँचो भन्दछु, तिमीहरूको भलाइका निम्ति नै म जाँदैछु। म नगएसम्म सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन; तर यदि म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाइदिनेछु।
"जब मैले पिताको तर्फबाट तिमीहरूकहाँ सल्लाहकार पठाउनेछु, अर्थात् पिताबाट आउनुहुने सत्यको आत्मा तिमीहरूकहाँ आउनुहुनेछ, तब उहाँले मेरो विषयमा साक्षी दिनुहुनेछ।
तिमीहरूका विषयमा तिमीहरूले उहाँबाट जुन अभिषेक पाएका छौ, त्यो तिमीहरूमा रहिरहन्छ, र तिमीहरूलाई सिकाउन कसैको आवश्यकता पर्दैन; तर त्यस अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, र त्यो अभिषेक झूटा नभई सत्य भएको हुनाले त्यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्टको सङ्गतिमा रहिरहो।
परमेश्वर आत्मा हुनुहुन्छ। त्यसकारण उहाँका आराधकहरूले आत्मा र सत्यतामा नै आराधना गर्नुपर्छ।"
A verdade liberta
Jesus prometeu que conhecer a verdade nos torna livres. A mentira aprisiona, mas a verdade de Deus nos conduz à plenitude.
येशूले उहाँमाथि विश्वास गरेका यहूदीहरूलाई भन्नुभयो, "तिमीहरू मेरा शिक्षामा रहिरह्यौ भने तिमीहरू साँच्चै नै मेरा चेलाहरू हौ। तब तिमीहरूले सत्यतालाई जान्नेछौ, र सत्यताले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।"
मैले विश्वासयोग्यताको मार्ग छानेको छु;
मैले मेरो हृदय तपाईंका नियमहरूमा लगाएको छु।
मलाई तपाईंको सत्यतामा अगुवाइ गर्नुहोस् र मलाई सिकाउनुहोस्;
किनकि तपाईं मेरा मुक्तिदाता परमेश्वर हुनुहुन्छ,
अनि मेरो आशा दिनभरि नै तपाईंमा राख्दछु।
आफूलाई परमेश्वरको सामु ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर; शर्माउन नपर्ने कामदारजस्तै, जसले सत्यको वचनलाई ठिकसँग प्रयोग गर्दछ।
सृष्टि गरिएका सबै थोकहरूमा हामी अगौटे फलजस्तै बनौँ भनेर उहाँले हामीलाई सत्यको वचनद्वारा जन्माउन चुन्नुभयो।
Vivendo e falando a verdade
Somos chamados a falar a verdade em amor e a rejeitar toda forma de engano. A integridade nas palavras é marca do cristão.
बरु प्रेममा सत्य बोल्दै, उहाँमा अर्थात् ख्रीष्टमा, जो शिर हुनुहुन्छ, हामी हरेक प्रकारले परिपक्वतामा बढ्दै जानेछौँ।
अन्त्यमा दाजुभाइ-दिदीबहिनीहरू हो, जे कुरा सत्य छ, जे कुरा आदरणीय छ, जे कुरा ठिक छ, जे कुरा शुद्ध छ, जे कुरा प्रेमको योग्य छ, जे कुरा सह्रानीय छ, यदि केही कुरा सर्वश्रेष्ठ र प्रशंसायोग्य छ भने यिनै कुराहरूको विचार गर।
त्यो मानिस, जसको जीवन निर्दोष छ;
जसले धर्मी काम गर्छ,
जसले आफ्नो हृदयबाट सत्य बोल्छ,
जसको जिब्रोले अरूको निन्दा गर्दैन,
जसले आफ्नो छिमेकीको खराबी गर्दैन,
र मित्रहरूको अपमान गर्दैन;
आफ्नो जिब्रोलाई खराब कुरादेखि
र आफ्नो ओठलाई झूटो बोल्नदेखि अलग राख!
धर्मीका ओठले उचित कुरा जान्दछन्;
तर दुष्टको मुखले टेढामेढा कुराहरू मात्र जान्दछ।
तिम्रो मुखबाट भ्रष्टता टाढै रहोस्,
भ्रष्ट कुराकानी तिम्रो ओठदेखि टाढै रहोस्।
हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, सबैभन्दा मुख्य कुरा, स्वर्गको नाममा, अथवा पृथ्वीको नाममा अथवा कुनै कुराको नाममा शपथ नखाओ। तिमीहरूको "हो" चाहिँ "हो" अनि "होइन" चाहिँ "होइन" होस्, नत्रता तिमीहरू दोषी ठहरिनेछौ।
प्यारा साना नानीहरू हो, हामीले वचन र जिब्रोले मात्र होइन, तर कामद्वारा र सत्यतामा प्रेम गरौँ।
यदि हामीले उहाँसँग हाम्रो सङ्गति छ भनी भन्छौँ, तर पनि अन्धकारमा नै हिँड्छौँ भने त हामी झूट बोल्छौँ र सत्यतामा चल्दैनौँ।
मेरा सन्तानहरू सत्यतामा चलिरहेका छन् भन्ने कुरा सुन्न पाउनुभन्दा ठूलो आनन्द मेरो लागि अरू केही हुँदैन।
अब विश्वासचाहिँ हामीले गरेको आशाको निश्चयता र हामीले नदेखेका कुराको दृढ भरोसा हो।