10 versículos sobre esperança em tempos difíceis
A vida é feita de momentos de paz e de tormenta, mas, felizmente, a Bíblia nos oferece conforto e esperança em tempos difíceis por meio da Palavra de Deus. Confira abaixo 10 versículos que revelam o cuidado e a onipresença do Senhor conosco em momentos de dificuldade.
Lista de versículos:
1. Jeremias 29:11
किनकि जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु, ती म जान्दछु, याहवेह घोषणा गर्नुहुन्छ। "ती योजनाहरू तिमीहरूका उन्नतिका निम्ति हुन्, तिमीहरूको नोक्सानीको निम्ति होइनन्। तिमीहरूले आशा गरेअनुसारको असल भविष्य दिनलाई हो।
2. Salmos 46:1
परमेश्वर हाम्रा शरणस्थान र बल हुनुहुन्छ,
सङ्कष्टमा सधैँ हाजिर हुने सहायक।
3. Romanos 15:13
उहाँमाथि विश्वास गरेको कारणले आशाका परमेश्वरले तिमीहरूलाई आनन्द र शान्तिले भरिदेऊन्, ताकि पवित्र आत्माको शक्तिद्वारा तिमीहरू आशामा प्रशस्त हुन सक।
4. Isaías 41:10
यसकारण नडरा; किनकि म तँसित छु;
निराश नहो, किनकि म तेरो परमेश्वर हुँ।
म तँलाई सामर्थी बनाउनेछु, र सहायता दिनेछु;
म तँलाई आफ्ना धार्मिकताको दाहिने हातले सम्हाल्नेछु।
5. Mateus 11:28
"हे सबै थाकेका र बोझले दबिएकाहरू हो, मकहाँ आओ, र म तिमीहरूलाई विश्राम दिनेछु।
6. 2 Coríntios 4:17-18
किनकि हाम्रो हल्का र क्षणभरको कष्टले हाम्रा निम्ति अनन्तको महिमा प्राप्त हुनेछ, जुन यी सबै कष्टहरूको तुलनामा केही पनि होइन। यसकारण हामी देखिने थोकहरूमा होइन, तर नदेखिने थोकहरूमा आफ्ना आँखा केन्द्रित गर्दछौँ। किनकि देखिने थोक क्षणिक हुन्छ, तर नदेखिनेचाहिँ अनन्तको हुन्छ।
7. Salmos 34:17-18
धर्मी जनहरूले पुकार गर्दछन्, याहवेहले तिनीहरूको पुकार सुन्नुहुन्छ;
तिनीहरूका सबै सङ्कष्टबाट तिनीहरूलाई उद्धार गर्नुहुन्छ।
याहवेह हृदय टुटेकाहरू सबैका नजिक हुनुहुन्छ,
र आत्मामा पिसिएकाहरूलाई उहाँले बचाउनुहुन्छ।
8. Hebreus 10:23
प्रतिज्ञा गर्नुहुने परमेश्वर विश्वासयोग्य हुनुभएको हुनाले हामीले अपनाएको आशालाई दृढतासाथ पक्रिराखौँ।
9. 1 Pedro 5:7
तिमीहरूका सबै चिन्ता उहाँमाथि राख; किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।
10. Filipenses 4:6-7
कुनै पनि कुराको निम्ति चिन्तित नहोओ, तर हरेक अवस्थामा प्रार्थना र अन्तर्बिन्तीद्वारा धन्यवादसाथ तिमीहरूको माग परमेश्वरमा जाहेर गरिऊन्। तब सबै समझभन्दा माथि रहेको परमेश्वरको शान्तिले, तिमीहरूका हृदय र तिमीहरूका मनलाई ख्रीष्ट येशूमा सुरक्षित राख्नेछ।
Esses são apenas alguns exemplos, mas que podem lhe trazer paz. Nunca deixe de conversar com Deus sobre suas angústias, somente Ele pode acalmar o vosso coração.
Compartilhe esses versículos com alguém que esteja precisando de esperança e calmaria. Ajude a espalhar a palavra de Deus!
Deus abençoe!