Vizinho
Amar o próximo é um dos mandamentos centrais do evangelho. A Bíblia nos ensina que nossos vizinhos são aqueles a quem devemos servir, apoiar e encorajar com amor genuíno.
O mandamento do amor ao próximo
Jesus resume a Lei no amor a Deus e ao próximo. Amar o vizinho como a si mesmo é cumprir toda a Lei.
दोस्रोचाहिँ यो हो: ‘तिमीहरूले आफ्नो छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर।’ यीभन्दा ठूला आज्ञा अरू छैनन्।"
किनकि सम्पूर्ण व्यवस्था यही एउटै आज्ञामा पूरा भएको छ: "तिमीले आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर।"
किनकि आज्ञाहरूले भन्छ: "व्यभिचार नगर्नू," "मानव हत्या नगर्नू," "चोरी नगर्नू," "लोभ नगर्नू," र अरू जस्तोसुकै आज्ञाहरू भए तापनि सारांशचाहिँ यही एउटा आज्ञाले समेटिन्छ, "तिम्रो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर।"
प्रेमले छिमेकीलाई हानि पुर्याउँदैन। यसकारण प्रेम व्यवस्थाको पूर्ति हो।
यसकारण हरेक कुरामा, अरूहरूप्रति त्यही व्यवहार गर, जुन तिमीहरूले पनि अरूहरूबाट चाहन्छौ। किनकि व्यवस्था र अगमवक्ताहरूको शिक्षाको सारांश यही हो।
Amor em ação
O amor verdadeiro se mostra em ações concretas: hospitalidade, generosidade e cuidado com os necessitados ao nosso redor.
एक-अर्कालाई दाजुभाइ-दिदीबहिनीहरूलाई झैँ प्रेम गरिरहो। अपरिचितहरूको पाहुनासत्कार गर्न नबिर्स; किनकि यसो गरेर कति मानिसहरूले अनजानमै स्वर्गदूतहरूलाई सत्कार गरेका छन्।
हाम्रा पिता परमेश्वरले शुद्ध र निर्दोष ठहराउनुभएको धर्म यही हो: अर्थात् अनाथ र विधवाहरूलाई तिनीहरूका सङ्कष्टमा हेरचाह गर्नु; अनि आफूलाई संसारको दूषित कुराहरूदेखि जोगाएर राख्नु।
सबैभन्दा बढी एक-अर्कालाई गहिरो प्रेम गर; किनकि प्रेमले असंख्य पापहरूलाई ढाक्दछ।
यसकारण मौका छँदै सबै मानिसहरूको भलाइ गर्दै जाऔँ, विशेष गरी विश्वासमा हुने परिवारलाई भलाइ गरौँ।
तिमीहरूले सुरुदेखि नै सुनेको सन्देश यही हो; हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ।
"म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदैछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। मैले तिमीहरूलाई जसरी प्रेम गरेँ, तिमीहरूले पनि एक-अर्कालाई त्यसरी नै प्रेम गर्नुपर्छ।
Edificação e encorajamento mútuo
Somos chamados a encorajar uns aos outros, carregar os fardos alheios e buscar o bem do próximo acima do próprio interesse.
यसकारण एक-अर्कालाई उत्साह देओ र एक-अर्कालाई निर्माण गर्दै जाओ, जसरी तिमीहरूले गरिरहेका पनि छौ।
एक-अर्काको बोझ उठाओ र यसरी नै ख्रीष्टको व्यवस्था पूरा गर।
हामी प्रत्येकले आफ्नो छिमेकीलाई उनीहरूको भलाइ र उन्नतिको निम्ति प्रसन्न राख्नुपर्छ।
तिमीहरू कसैले पनि आफ्नै भलाइ नखोज, तर अरूको भलाइ खोज।
एक-अर्कालाई विश्वासी दाजुभाइ-दिदीबहिनीहरूका रूपमा प्रेम गर; आफूलाई भन्दा अरूलाई बढी आदर गर।
जसरी हामी तिमीहरूलाई प्रेम गर्दछौँ, त्यसरी नै प्रभुले तिमीहरूलाई एक-अर्कामा र अरू सबैसँग प्रेममा बढाइदेऊन् र प्रशस्त पारून्।
Humildade, perdão e convivência
O relacionamento com o próximo exige humildade, paciência e disposição para perdoar. Não devemos julgar, mas acolher com compaixão.
स्वार्थी आकांक्षा वा व्यर्थको अहङ्कारमा केही नगर, तर नम्रतामा एक-अर्कालाई आफूभन्दा श्रेष्ठ ठान।
एक-अर्कालाई सहने गर; यदि तिमीहरूमध्ये कसैको कुनै मानिस विरुद्ध गुनासाहरू छन् भने क्षमा गर; जसरी परमेश्वरले तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै तिमीहरूले पनि क्षमा गर।
यसकारण हामी एक-अर्काको न्याय गर्न छोडौँ। बरु आफ्नो मनमा दाजुभाइ वा दिदीबहिनीको बाटोमा बाधा हुने वा ठेस लाग्ने कुनै चीज नराख्ने सोच गरौँ।
यसकारण ए मानिस, तिमी जोसुकै भए तापनि तिमीलाई केही बहाना छैन। किनभने तिमी जुन कुरामा अरूलाई दोष लगाउँछौ, त्यही कुरामा आफूलाई पनि दोषी तुल्याइरहेका छौ। किनकि जुन कुराको निम्ति अरूलाई दोषी तुल्याउँछौ, तिमी दोष लाउनेले पनि त्यही काम गरिरहेका हुन्छौ।
अन्त्यमा तिमीहरू सबै एकै मनका होओ, सहानुभूति देखाओ, आपसमा प्रेम गर, टिठालु र नम्र होओ।
कुनै व्यक्तिले कुनै दिनलाई अर्को दिनलाई भन्दा बढ्ता पवित्र ठान्छ भने अर्को व्यक्तिले चाहिँ प्रत्येक दिनलाई बराबर ठान्न सक्छ। प्रत्येक व्यक्ति यसबारे आफ्नो मनमा आफैँ पूरा निश्चिन्त हुनुपर्छ।
"कुनै मानिसले मित्रबाट पाउनुपर्ने दया पाउँदैन भने,
त्यसले सर्वशक्तिमान्को भयलाई त्याग्दछ।