24 र उहाँले धन्यवाद दिएर त्यो भाँच्नुभयो र भन्नुभयो, "यो मेरो शरीर हो, जुनचाहिँ तिमीहरूका निम्ति हो; मेरो सम्झनामा यो गर्ने गर।" 25 त्यसै गरी रोटी खाइसक्नुभएपछि उहाँले कचौरा लिएर यसो भन्नुभयो, "यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो; जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्झनामा यो गर्ने गर।" 26 किनकि जहिले-जहिले तिमीहरूले यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ, तब तिमीहरूले प्रभु नआउन्जेल उहाँको मृत्युको प्रचार गर्दछौ।
27 यसकारण जसले अयोग्य रीतिले प्रभुको रोटी खान्छ वा प्रभुको कचौराबाट पिउँछ, त्यो प्रभुको शरीर र उहाँको रगतलाई अपवित्र पारिएकोमा दोषी ठहरिनेछ। 28 यसैले हरेकले रोटी खान र कचौराबाट पिउन अगि आफैँलाई जाँचोस्।