Pular para o conteúdo
Publicidade

1 कोरिन्थी 12:1-7

आत्मिक वरदानहरू सम्बन्धी

1 अब दाजुभाइ-दिदीबहिनीहरू हो, आत्मिक वरदानहरूबारे तिमीहरू अनजान बस भन्‍ने म चाहन्‍नँ। 2 तिमीहरू जान्दछौ, जब तिमीहरू ख्रीष्‍टका विश्‍वासी थिएनौ, तब तिमीहरू कुनै न कुनै प्रकारले नबोल्ने मूर्तिहरूतिर प्रभावित भई बहकिएर गएका थियौ। 3 यसकारण तिमीहरूले यो जानेको म चाहन्छु, कि परमेश्‍वरको आत्माद्वारा बोल्ने व्यक्तिले "येशू श्रापित होस्" भन्‍न सक्दैन र पवित्र आत्माद्वारा बाहेक अरू कसैले "येशू नै प्रभु हुनुहुन्छ" भनी भन्‍न सक्दैन।

4 वरदानहरू विभिन्‍न किसिमका छन्, तर ती वरदानहरू एउटै आत्माले दिनुहुन्छ। 5 सेवाहरू विभिन्‍न किसिमका छन्, तर प्रभु एउटै हुनुहुन्छ। 6 कामहरू पनि विभिन्‍न किसिमका छन्, तर उही परमेश्‍वरले नै तिनीहरू सबैमा र हरेकमा गर्नुहुन्छ।

7 सबैका भलाइको निम्ति आत्माका वरदानहरू12:7 मूल भाषामा प्रकाश हरेकलाई प्रकट गरिएको छ।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.