1 यदि मैले मानिसहरू र स्वर्गदूतहरूका भाषाहरूमा बोलेँ, तर मसँग प्रेम छैन भने म हल्ला गर्ने घण्टा अथवा झ्याइँ-झ्याइँ गर्ने झ्याम्टा मात्र हुँ। 2 यदि मसँग अगमवाणी गर्ने वरदान छ, परमेश्वरका रहस्य र ज्ञानहरू सबै बुझ्न सकूँला; अनि मसँग पहाडहरू हटाउन सक्नेसम्मको विश्वास पनि छ, तर मसँग प्रेम छैन भने म केही पनि होइनँ। 3 यदि मैले आफ्ना सबै सम्पत्ति गरिबहरूलाई बाँडिदिएँ, र आफ्नो शरीरसमेत जलाउनलाई सुम्पिदिएँ भने म गर्व गर्न सक्छु,13:3 केही प्राचीन पा.लि.हरूमा यी शब्दहरू पाइँदैन। तर मसँग प्रेम छैन भने मेरा लागि केही पनि लाभ हुँदैन।
4 प्रेम धैर्य हुन्छ, प्रेम दयालु हुन्छ। प्रेमले डाह गर्दैन, प्रेमले सेखी गर्दैन, प्रेमले घमण्ड गर्दैन। 5 प्रेमले अरूलाई अनादर गर्दैन, प्रेम स्वार्थी हुँदैन, प्रेमले चाँडै रिस गर्दैन, प्रेमले खराबीको हिसाब राख्दैन। 6 प्रेम दुष्टतामा खुशी हुँदैन, तर सत्यतासँग रमाउँछ। 7 प्रेमले सधैँ रक्षा गर्छ, सधैँ भरोसा गर्छ, सधैँ आशा राख्छ र सधैँ स्थिर रहन्छ।