45 यसकारण यसरी लेखिएको छ: "पहिलो मानिस आदम जीवित प्राणी भयो"15:45 उत्प 2:7; अन्तिम आदमचाहिँ जीवन दिने आत्मा हुनुभयो। 46 पहिला आत्मिक शरीर आएन, तर पहिला प्राकृतिक शरीर आयो, त्यसपछि आत्मिक शरीर आयो। 47 पहिलो मानिस पृथ्वीको धुलोबाट बनेको थियो; दोस्रो मानिसचाहिँ स्वर्गबाट हुनुहुन्छ। 48 माटोबाट बनेको मानिसजस्तो थियो, पृथ्वीका मानिसहरू त्यस्तै हुन्छन्; स्वर्गीय मानिसजस्ता हुन्छन्, स्वर्गका अरूहरू पनि त्यस्तै हुन्छन्। 49 जसरी हामीले माटोले बनेको मानिसको स्वरूप धारण गरेका छौँ, त्यसरी नै हामीले स्वर्गीय मानिसको स्वरूप पनि धारण गर्नेछौँ।
Publicidade