54 जब विनाशीले अविनाशी रूप र मरणशीलले अमरताको रूप धारण गर्नेछ, तब लेखिएको त्यो वचन पूरा हुनेछ: "मृत्युलाई विजयमा निलिएको छ।"
55 "ए मृत्यु, तेरो विजय कहाँ छ?
ए मृत्यु, तेरो खील कहाँ छ?"
56 मृत्युको खील पाप हो, र पापको शक्तिचाहिँ व्यवस्था हो। 57 तर परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ।