परमेश्वरको ज्ञान पवित्र आत्माद्वारा प्रकट
6 हामी परिपक्व भएकाहरूका बीचमा बुद्धिको सन्देश प्रचार गर्छौँ, तर यस युगको बुद्धि अथवा यस युगका शासकहरूको बुद्धि होइन, जो नाश भएर जानेछ। 7 तर हामी त परमेश्वरको लुकाएर राखिएको रहस्यमय बुद्धिबारे घोषणा गर्छौँ, जसलाई परमेश्वरले हाम्रो महिमाको लागि युगौँ भन्दा अगि नै निर्धारण गर्नुभएको थियो।