मण्डली अनुशासन
1 वास्तवमा तिमीहरूका बीचमा यौन अनैतिकता छ भन्ने खबर छ, यस्तो कुरा त गैरयहूदीहरूले पनि सहँदैनन्: एउटा पुरुषले आफ्नै बुबाकी पत्नीसँग अवैध सम्बन्ध राख्छ। 2 अनि तिमीहरू घमण्ड गर्छौ! तिमीहरूले त यस्तो कुरामा दुःखित हुनुपर्ने र यस्तो गर्ने मानिसलाई तिमीहरूको सङ्गतिबाट निकालिदिनुपर्ने होइन र?