1 यदि तिमीहरूमध्ये कसैको अर्को व्यक्तिसँग विवाद छ भने के तिमीहरूले न्यायका निम्ति प्रभुका जनहरूकहाँ नगएर सांसारिक न्यायाधीशकहाँ जाने आँट गर्दछौ? 2 प्रभुका जनहरूले संसारको न्याय गर्नेछन् भन्ने के तिमीहरू जान्दैनौ? यदि तिमीहरूद्वारा संसारको न्याय हुन्छ भने के तिमीहरूमा यस्तो स-साना मुद्दा-ममिलाहरूको न्याय गर्ने क्षमता छैन र? 3 हामीहरूले स्वर्गदूतहरूको न्याय गर्नेछौँ, के तिमीहरू यो कुरा जान्दैनौ? त्यसो भए हाम्रो यस जीवनमा हुने यी कुराहरू कति नै ठूला हुन् र? 4 यसकारण तिमीहरूमा यस्ता विवादका मुद्दाहरू छन् भने मण्डलीमा कुनै असल गवाही नभएकाहरूलाई न्याय गर्नका निम्ति बिन्ती गर्छौ र? 5 मैले तिमीहरूलाई लाज लागोस् भनेर यो कुरा भनेको हुँ। के तिमीहरूका बीचमा विश्वासीहरू बीचको वाद-विवाद मिलाउन सक्ने बुद्धिमान् व्यक्ति कोही छैन?
Publicidade
1 Coríntios 6
विश्वासीहरूका बीचमा मुद्दा-मामिला