यौन अनैतिकता
12 "मेरो लागि सबै कुरा उचित छन्" तिमी भन्दछौ—तर सबै कुरा लाभदायक छैनन्। "मेरो लागि सबै कुरा उचित छन्," तर म कुनै कुराको पनि सेवक हुनेछैनँ। 13 तिमी भन्दछौ, "पेटको निम्ति भोजन र भोजनको निम्ति पेट, तर परमेश्वरले यी दुवैलाई नष्ट गर्नुहुनेछ।" हाम्रो शरीर यौन अनैतिकताको निम्ति होइन, तर प्रभुको सेवाको निम्ति हो; अनि प्रभुले हाम्रो शरीरको वास्ता गर्नुहुन्छ।