15 के तिमीहरूलाई थाहा छैन, तिमीहरूका शरीर ख्रीष्टका अङ्गहरू हुन्? त्यसो भए के म ख्रीष्टका अङ्गहरूलाई लिएर वेश्यासँग एक बनाउने त? कदापि हुँदैन! 16 के तिमीहरूलाई थाहा छैन, जसले आफूलाई वेश्यासँग जोड्छ, ऊ त्यो वेश्यासँग शरीरमा पनि एक हुन्छ? किनकि यसरी लेखिएको छ, "ती दुई एउटै शरीर हुनेछन्।"6:16 उत्प 2:24 17 तर जसले आफूलाई प्रभुसँग जोडेको हुन्छ, त्यो आत्मामा उहाँसँग एक भएको हुन्छ।
Publicidade