12 अरू बाँकी रहेकाहरूलाई म यो भन्न चाहन्छु; प्रभुबाट होइन, तर म आफैँबाट: यदि ख्रीष्टमा कुनै विश्वासी भाइको विश्वास नगर्ने पत्नी छ, र पतिसँग बस्न चाहन्छे भने उसले पत्नीसँग सम्बन्ध-विच्छेद नगरोस्। 13 अनि यदि ख्रीष्टमा कुनै विश्वासी स्त्रीको विश्वास नगर्ने पति छ, र पत्नीसँग बस्न चाहन्छ भने उसले पतिसँग सम्बन्ध-विच्छेद नगरोस्। 14 किनकि विश्वास नगर्ने पति पत्नीद्वारा पवित्र तुल्याइएको हुन्छ र विश्वास नगर्ने पत्नी उसको विश्वासी पतिद्वारा पवित्र तुल्याइएकी हुन्छे। नत्रता तिनीहरूका सन्तान अशुद्ध हुनेथिए; तर अब तिनीहरू पवित्र छन्।