9 परमेश्वरले हाम्रा बीचमा उहाँको प्रेम यसरी प्रकट गर्नुभयो: पुत्रद्वारा हामी जिउन सकौँ भनेर उहाँले आफ्ना अद्वितीय पुत्र येशू ख्रीष्टलाई यस संसारमा पठाउनुभयो। 10 प्रेम यही नै हो, हामीले परमेश्वरलाई प्रेम गरेनौँ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र आफ्ना पुत्रलाई हाम्रो पापको लागि प्रायश्चितको बलि बनाएर पठाउनुभयो।
16 अनि यसरी नै हामीप्रति परमेश्वरको प्रेम हामी जान्दछौँ र त्यसैमा भर पर्दछौँ।
परमेश्वर प्रेम हुनुहुन्छ, जो प्रेममा जिउँछ, त्यो परमेश्वरमा जिउँछ, र परमेश्वर त्यसमा जिउनुहुन्छ।