9 परमेश्वरले हाम्रा बीचमा उहाँको प्रेम यसरी प्रकट गर्नुभयो: पुत्रद्वारा हामी जिउन सकौँ भनेर उहाँले आफ्ना अद्वितीय पुत्र येशू ख्रीष्टलाई यस संसारमा पठाउनुभयो। 10 प्रेम यही नै हो, हामीले परमेश्वरलाई प्रेम गरेनौँ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र आफ्ना पुत्रलाई हाम्रो पापको लागि प्रायश्चितको बलि बनाएर पठाउनुभयो। 11 प्रिय मित्रहरू हो, परमेश्वरले हामीलाई यस्तो प्रेम गर्नुभएको हुनाले हामीले पनि एक-अर्कालाई प्रेम गर्नुपर्छ।