18 जो परमेश्वरबाट जन्मेको छ, त्यसले पाप गरिरहँदैन भनी हामी जान्दछौँ; परमेश्वरका पुत्रले त्यसलाई सधैँ सुरक्षित राख्नुहुन्छ, र दुष्टले त्यसलाई हानि गर्न सक्दैन। 19 हामी परमेश्वरका सन्तान हौँ, र सारा संसार दुष्टको नियन्त्रणमा परेको छ भन्ने कुरा हामी जान्दछौँ।