22 अब तिमीहरूले सत्यको पालना गरी आफूलाई शुद्ध बनाएका छौ; र यसैकारणले तिमीहरूसित एक-अर्काका निम्ति विशुद्ध प्रेम छ, तिमीहरू एक-अर्कालाई आफ्नो हृदयबाट नै गहिरो प्रेम गर। 23 किनकि परमेश्वरको जीवित र रहिरहने वचन, नाशवान् होइन, तर अविनाशी बिउद्वारा तिमीहरूको नयाँ जन्म भएको छ। 24 पवित्र धर्मशास्त्रले भन्दछ:
"सबै मानिसहरू घाँसझैँ छन्,
र तिनीहरूका सम्पूर्ण महिमा मैदानका फूलझैँ छन्,
घाँस ओइलाउँछ र फूल झरिहाल्छ,
25 तर प्रभुको वचन सदासर्वदा रहिरहन्छ।"1:25 यशै 40:6-8
अनि यही वचन नै तिमीहरूलाई प्रचार गरिएको थियो।