Pular para o conteúdo
Publicidade

1 राजाहरू 19:1-8

एलिया होरेबमा भागेका

1 आहाबले ईजेबेललाई एलियाले गरेका सम्पूर्ण काम र तिनले कसरी बालका अगमवक्ताहरूलाई तरवारले मारे, ती सबै कुरा बताइदिए। 2 यसकारण ईजेबेलले एलियाकहाँ यसो भनेर दूतहरू पठाइन्, "भोलि यस बेलासम्म मैले तेरो जीवनलाई पनि तिनीहरू प्रत्येकको जस्तै बनाइनँ भने देवताहरूले मसित कठोर व्यवहार गरून्।"

3 तब एलिया भयभीत भएर आफ्नो प्राण जोगाउन भागे। यहूदाको बेर्शेबामा आइपुगेपछि तिनले आफ्नो सेवकलाई त्यहीँ छोडे; 4 तर तिनीचाहिँ एक दिनको बाटो भएर उजाडस्थानमा गए। तिनी एउटा अम्रिसको झाडीमा आइपुगे, र त्यसको फेदमा बसे। तिनले मृत्युको निम्ति प्रार्थना गर्न लागे। तिनले भने, "हे याहवेह, मेरा लागि अति भयो। मेरो प्राण लिनुहोस्; म मेरा पितापुर्खाहरूभन्दा असल छैनँ।" 5 तब तिनी त्यस झाडीमुनि ढल्के, र त्यहीँ निदाए।

तब अचानक एक जना स्वर्गदूतले तिनलाई छोएर भने, "उठेर खाऊ।" 6 तिनले चारैतिर हेरे, र आफ्नो सिरान छेउमा ताता कोइलाहरूमा पकाइएका केही रोटी र एउटा पानीको सुराही देखे। तिनले त्यो खानपिन गरेर फेरि ढल्के।

7 याहवेहका दूत दोस्रोपल्ट आएर तिनलाई छोएर भने, "उठेर खाऊ, नत्रता तिमीलाई यात्रा गर्न कठिन हुन्छ।" 8 यसकारण तिनी उठे, र तिनले खानपिन गरे। त्यस भोजनबाट शक्ति पाएर तिनी परमेश्‍वरको पर्वत होरेबसम्मै चालीस दिन र चालीस रात हिँडेर गए।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.