19 जब तिनी अदोनियाहको निम्ति राजा सोलोमनसित कुरा गर्न गइन्, तब राजा तिनलाई भेट्न उठे। अनि तिनलाई दण्डवत् गरे, र सिंहासनमा बसे। तिनले राजाकी आमाका निम्ति एउटा सिंहासन ल्याउन लगाए, अनि बतशेबा तिनको दाहिने हातपट्टि बसिन्।
20 तब तिनले भनिन्, "म तिमीसित एउटा सानो बिन्ती गर्दछु, मलाई इन्कार नगरिदेऊ!"
राजाले जवाफ दिए, "भन्नुहोस्, मेरी आमा! म तपाईंलाई इन्कार गर्नेछैनँ।"