11 तर शमूएलले सोधे, "तिमीले के गरेको?"
शाऊलले जवाफ दिए, "मैले मानिसहरू तितरबितर भइरहेका देखेँ। अनि तपाईंले भन्नुभएको समयमा तपाईं पनि आउनुभएन। अनि पलिश्तीहरू पनि मिकमाशमा भेला भइरहेका थिए। 12 त्यसैले मलाई लाग्यो, ‘अब पलिश्तीहरू मेरो विरुद्धमा गिलगालमा ओर्लेर आउनेछन्, र मैलेचाहिँ याहवेहसँग बिन्ती गरेको पनि छैनँ।’ यसकारण होमबलि चढाउन म बाध्य भएँ।"