Pular para o conteúdo
Publicidade

1 शमूएल 17:34-36

34 तर दावीदले शाऊललाई भने, "तपाईंको सेवकले आफ्नो पिताका भेडाहरू चराउँदैआएको छु। जब कुनै सिंह अथवा भालु आएर बगालबाट भेडा लिएर जान्थ्यो, 35 तब म त्यसको पछि-पछि गएर त्यसलाई आक्रमण गर्थेँ, र त्यसको मुखबाट भेडालाई छुटाएर ल्याउँथे। जब त्यो जनावर मलाई आक्रमण गर्न झम्टन्थ्यो, तब मैले त्यसको घिच्रो समातेर हिर्काएर मारिदिन्थे। 36 तपाईंको यस सेवकले सिंह र भालु दुवैलाई मारेको छु। यस खतना नगरिएको पलिश्ती पनि तीमध्ये एउटाझैँ हुनेछ; किनकि त्यसले जीवित परमेश्‍वरका सेनाहरूलाई धम्की दिएको छ।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.