Pular para o conteúdo
Publicidade

1 शमूएल 17:4,33,37,40,45,49

4 पलिश्तीहरूको छाउनीबाट गात सहरको एक जना गोल्यत नाम भएको वीर मानिस निस्केर आयो। त्यो छ क्यूबिट एक स्पान17:4 लगभग 9.5 फिट अग्लो थियो।

33 तब शाऊलले दावीदलाई जवाफ दिए, "तिमी यस पलिश्तीको विरुद्धमा गएर लडाइँ गर्न सक्दैनौ। तिमी त सानो ठिटो मात्र हौ; तर त्यो त आफ्नो युवाअवस्थादेखि नै लडाइँ गर्दैआएको लडाकु हो।"

37 जुन परमेश्‍वरले मलाई सिंह र भालुको पञ्जाबाट छुटाउनुभयो, उहाँले नै मलाई यस पलिश्तीको हातबाट पनि छुटाउनुहुनेछ।"

तब शाऊलले दावीदलाई भने, "जाऊ, र याहवेह तिमीसँग होऊन्।"

40 तब दावीदले हातमा आफ्नो लहुरो लिए, र खोलाबाट पाँच वटा चिल्‍ला-चिल्‍ला ढुङ्गाहरू छाने। ती ढुङ्गाहरू आफ्नो गोठाले थैलीमा हाले। अनि तिनले हातमा आफ्नो घुयेँत्रो लिएर त्यस पलिश्तीतिर अगि बढे।

45 तब दावीदले त्यस पलिश्तीलाई भने, "तँ मेरो विरुद्धमा तरवार, भाला र बर्छा लिएर आएको छस्, तर म तेरो विरुद्धमा सेनाहरूका याहवेह, इस्राएलका सेनाहरूका परमेश्‍वरको नाममा आएको छु, जसलाई तैँले धम्की दिएको छस्।

49 दावीदले आफ्नो हात थैलोमा हालेर एउटा ढुङ्गा निकाले। अनि तिनले घुयेँत्रो घुमाएर त्यस पलिश्तीको निधारमा प्रहार गरे। त्यो ढुङ्गा त्यसको निधारैमा गाडियो, र त्यो पलिश्ती भुइँमा घोप्टो परेर ढल्यो।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.