हन्नाको प्रार्थना
1 तब हन्नाले प्रार्थना गरेर यसो भनिन्:
"मेरो हृदय याहवेहमा रमाउँदछ;
याहवेहमा मेरो सिङ2:1 सिङ यसले शक्ति भन्ने जनाउँछ। 10पदमा पनि उच्च पारिएको छ।
मेरो मुखले मेरा शत्रुहरूमाथि सेखी गर्दछ,
किनकि म तपाईंको छुटकारामा हर्षित छु।
2 "याहवेहझैँ पवित्र अरू कोही छैन;
तपाईंबाहेक अरू कोही छैन;
हाम्रा परमेश्वरजस्तै चट्टान अरू कोही छैन।