Pular para o conteúdo
Publicidade

1 शमूएल 21:10-15

दावीद गातमा

10 त्यस दिन दावीद शाऊलदेखि भागे, र गात सहरका राजा आकीशकहाँ गए। 11 तर आकीशका सेवकहरूले तिनलाई भने, "के यिनी त्यस देशका राजा दावीद होइनन् र? के यिनी तिनै व्यक्ति होइनन्, जसको बारेमा तिनीहरूले नाच्दै यसो भन्दै गाएका थिए?"

शाऊलले हजारौँ-हजारलाई मारे,

तर दावीदले लाखौँ-लाखलाई मारे।

12 दावीदले यी कुराहरू सुने। अनि तिनी गात सहरका राजा आकीशसँग साह्रै डराए। 13 यसकारण तिनले तिनीहरूका सामु बौलाहा भएको बहाना गरे। यसरी उनीहरूका साथमा हुँदा तिनले बहुला मानिसले जस्तै अभिनय गर्दै ढोका र मूलढोकाहरूमा कोर्दै र दाह्रीमा राल चुहाउँदै हिँडे।

14 तब आकीशले आफ्ना नोकरहरूलाई भने, "यस मानिसलाई हेर त! यो त बहुला पो रहेछ! यसलाई किन मकहाँ ल्यायौ? 15 के मसँग बहुलाहरूको खाँचो छ, र यसलाई मेरो सामु ल्याउँछौ? के यस्तो मानिस मेरो घरमा आउनैपर्छ?"

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.