23 जब अबीगेलले दावीदलाई देखिन्, तब तिनी हतार-हतार गधाबाट ओर्लिन्। अनि आफ्नो मुहार भुइँतिर घोप्टो पारेर तिनलाई दण्डवत् गरिन्। 24 तिनले दावीदको पाउमा दण्डवत् गरेर भनिन्, "हे मेरा प्रभु, दया गरी तपाईंकी सेविकालाई बोल्न दिनुहोस्। तपाईंकी सेविकाले भनेको कुरा सुन्नुहोस् र दोष मैमाथि नै परोस्।"
Publicidade