सन्दुकलाई इस्राएलमा फर्काइएको
1 जब याहवेहको सन्दुक पलिश्तीहरूको इलाकामा सात महिनासम्म रह्यो, 2 तब पलिश्तीहरूले पुजारीहरू र जोखना हेर्नेहरूलाई बोलाएर भने, "याहवेहको सन्दुकलाई हामीले के गरौँ? हामीले यसलाई यसको आफ्नै ठाउँमा कसरी पठाउने हो, सो हामीलाई भन्नुहोस्!"
3 तिनीहरूले जवाफ दिए, "यदि तिमीहरूले इस्राएलको देवताको सन्दुक फर्कायौ भने यसलाई उपहारविना नपठाओ। उहाँकहाँ दोषबलि कुनै पनि हालतमा पठाइदिनू। तब तिमीहरू निको हुनेछौ, र उहाँको हात तिमीहरूबाट किन हटेको रहेनछ भनी तिमीहरूले जान्नेछौ।"