Pular para o conteúdo
Publicidade

1 शमूएल 8:7,11-20

7 अनि याहवेहले शमूएललाई भन्‍नुभयो, "ती मानिसहरूले तँलाई भनेका सबै कुराहरू सुन्। तिनीहरूले तँलाई इन्कार गरेका होइनन्, तर तिनीहरूले मलाई नै तिनीहरूका राजाको रूपमा इन्कार गरेका हुन्।"

11 तिनले भने, "तिमीहरूमाथि शासन गर्ने राजाले तिमीहरूसँग यसो गर्नेछन्: तिनले तिमीहरूका छोराहरूलाई लानेछन्। अनि तिनीहरूलाई आफ्ना रथहरू हाँक्ने काममा लगाउनेछन्; र घोडचढीहरू बनाउनेछन्। अनि तिनीहरूलाई तिनका रथहरूका अगि-अगि दगुर्न लगाउनेछन्। 12 कतिलाई चाहिँ तिनले हजारौँ र कतिलाई चाहिँ पचासौँमाथि सेनापति बनाउनेछन्। कतिलाई चाहिँ तिनको जमिन खनजोत गर्ने र कटनी गर्ने काममा खटाउनेछन्। अनि अझ अरूहरूलाई चाहिँ लडाइँका निम्ति हतियारहरू र तिनका रथहरूका सामानहरू बनाउन लगाउनेछन्। 13 तिनले तिमीहरूका छोरीहरूलाई लगेर अत्तर बनाउने, भान्से र रोटी बनाउने काममा लगाउनेछन्। 14 तिनले तिमीहरूका खेतहरू र दाखबारीहरू अनि जैतुनबारीबाट सबैभन्दा असल फलहरू लिएर आफ्ना कर्मचारीहरूलाई दिनेछन्। 15 तिनले तिमीहरूका अन्‍न र दाखबारीको दशांश लिएर ती आफ्ना अधिकृतहरू र कर्मचारीहरूलाई दिनेछन्। 16 तिमीहरूका सेवक-सेविकाहरू र तिमीहरूका सबैभन्दा असल गाईबस्तु र गधाहरूलाई तिनले आफ्नै कामको निम्ति प्रयोग गर्नेछन्। 17 तिनले तिमीहरूका बगालको दशांश लिनेछन्। तिमीहरू आफैँ पनि तिनका दास बन्‍नेछौ। 18 जब त्यो दिन आउँछ, तब तिमीहरू आफैँले चुनेका राजाबाट छुटकारा पाउन तिमीहरूले पुकार्नेछौ; तर त्यस दिन याहवेहले तिमीहरूलाई जवाफ दिनुहुनेछैन।"

19 तर मानिसहरूले शमूएलको कुरा सुन्‍न इन्कार गरे। तिनीहरूले भने, "जेसुकै होस्! हामी राजा चाहन्छौँ। 20 तब हामी अरू राष्ट्रहरूजस्तै हुनेछौँ। अनि हामीलाई न्याय गर्न र युद्धमा लड्नका लागि हाम्रा अगि-अगि जानलाई राजा हुनेछन्।"

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.