आराधनाको विषयमा शिक्षा
1 यसकारण म आग्रह गर्छु, सबैभन्दा पहिले बिन्तीहरू, प्रार्थनाहरू, अन्तर्बिन्ती र धन्यवादहरू प्रत्येकका निम्ति चढाइऊन्। 2 हामीले भक्ति, सम्मान शान्तिपूर्ण र चैनको जीवन बिताउन सकौँ भनेर राजाहरू र उच्च पदमा रहेकाहरूका निम्ति चढाइऊन्। 3 यो असल हो र हाम्रा मुक्तिदाता परमेश्वरलाई प्रसन्न तुल्याउँछ।