16 विनाशङ्का यो भन्न सकिन्छ, भक्तिको रहस्य महान् छ:
उहाँ मानिसको शरीरमा भएर देखा पर्नुभयो,
पवित्र आत्मामा धर्मी ठहरिनुभयो,
स्वर्गदूतहरूद्वारा देखिनुभयो,
सबै मानिसहरूका बीचमा उहाँको प्रचार भयो,
र संसारमा उहाँलाई विश्वास गरियो,
महिमामा माथि लगिनुभयो।