Pular para o conteúdo
Publicidade

1 थेसलोनिकी 4:13-18

पुनरुत्थानको आशा

13 हे दाजुभाइ-दिदीबहिनीहरू हो, मरिसकेका4:13 मूल भाषामा सुतेकाहरू विश्‍वासीहरूका विषयमा तिमीहरू अजान बस भन्‍ने हामी चाहँदैनौँ; किनकि अरू आशा नभएकाहरूले गरेझैँ तिमीहरूले शोक नगर। 14 किनकि हामी विश्‍वास गर्दछौँ, कि येशू मर्नुभयो र फेरि जीवित हुनुभयो। त्यसरी नै परमेश्‍वरले उहाँमा मरेकाहरूलाई पनि येशूद्वारा जीवित पार्नुहुनेछ। 15 प्रभुको वचनअनुसार हामी तिमीहरूलाई भन्दछौँ, कि हामी जो अझ जीवित छौँ, र प्रभुको आगमनसम्म बाँचिरहन्छौँ; हामीले ती मरेकाहरूलाई कुनै रीतिले पनि उछिन्‍नेछैनौँ। 16 किनकि प्रभु स्वयम् आज्ञारूपी आवाज, प्रधान स्वर्गदूत र परमेश्‍वरको तुरहीको सोरसँगै स्वर्गबाट ओर्लिआउनुहुनेछ, र ख्रीष्‍टमा मरेकाहरू पहिले जीवित हुनेछन्। 17 त्यसपछि हामी जीवित र बाँकी रहेकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूसित एकसाथ बादलमा उठाइलगिनेछौँ। यसरी हामी प्रभुसँग सदासर्वदा रहनेछौँ। 18 यसकारण एक-अर्कालाई यी वचनहरूले उत्साह देओ।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.

1 Tessalonicenses
Ver todos os capítulos de 1 Tessalonicenses