16 किनकि प्रभु स्वयम् आज्ञारूपी आवाज, प्रधान स्वर्गदूत र परमेश्वरको तुरहीको सोरसँगै स्वर्गबाट ओर्लिआउनुहुनेछ, र ख्रीष्टमा मरेकाहरू पहिले जीवित हुनेछन्। 17 त्यसपछि हामी जीवित र बाँकी रहेकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूसित एकसाथ बादलमा उठाइलगिनेछौँ। यसरी हामी प्रभुसँग सदासर्वदा रहनेछौँ।
Publicidade
Publicidade