3,4 परमेश्वरको इच्छा यही हो, कि तिमीहरू पवित्र होओ; हरेक जन पवित्र र आदरणीय भएर आफ्नो शरीरलाई4:3-4 अथवा आफ्नै पत्नीसँग बस्न सिक। नियन्त्रणमा राख्न सिक। तिमीहरू अनैतिक यौन सम्बन्धबाट अलग बस। 5 तिमीहरू परमेश्वरलाई नचिन्नेहरूजस्ता कामुकताको कामवासनामा नबस। 6 यस विषयमा कसैले पनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई खराबी नगरोस्, न त कुनै फाइदा उठाओस्। यस्ता पाप गर्ने सबैलाई हामीले पहिल्यै तिमीहरूलाई भनेझैँ र चेतावनी दिएझैँ, प्रभुले सजाय दिनुहुनेछ। 7 किनकि परमेश्वरले हामीलाई अशुद्धताको लागि होइन, तर पवित्र जीवन जिउनको लागि बोलाउनुभएको हो।
Publicidade