प्रभुको दिन
1 अब दाजुभाइ-दिदीबहिनीहरू हो, दिन र समयको विषयमा हामीले तिमीहरूलाई लेख्नुपर्ने आवश्यकता छैन। 2 किनकि राति चोर आएझैँ प्रभुको दिन आउनेछ भन्ने कुरा तिमीहरूलाई राम्रोसँग थाहा छ। 3 जब मानिसहरूले "शान्ति र सुरक्षा" भनिरहेका हुनेछन्, तब गर्भवती स्त्रीलाई व्यथा लागेझैँ, अचानक तिनीहरूमाथि विनाश आइपर्नेछ, र तिनीहरू उम्कन सक्नेछैनन्।