6 यसकारण हामी अरूजस्ता नहौँ, जो सुतेका छन्, तर सचेत र आत्मसंयमी बनौँ। 7 किनकि सुत्नेहरू रातमा सुत्छन्, र मद्य पिउनेहरू पनि रातमा नै मात्छन्। 8 तर हामीचाहिँ दिनका भएकाले आत्मसंयमी बनौँ; विश्वास र प्रेमलाई छाती-पाताझैँ, र मुक्तिको आशालाई टोपझैँ लगाऔँ। 9 किनकि परमेश्वरले हामीलाई उहाँको क्रोध सहनलाई होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्ति प्राप्त गर्नलाई नियुक्त गर्नुभएको हो।
Publicidade