Pular para o conteúdo
Publicidade

2 इतिहास 20:15-17

15 तिनले भने: "हे सबै यहूदा र यरूशलेमका मानिसहरू र राजा यहोशापात, सुन्‍नुहोस्! याहवेहले तपाईंहरूलाई यसो भन्‍नुहुन्छ: ‘यो विशाल फौजको कारण नडराओ, र निराश नहोओ; किनकि यो लडाइँ तिमीहरूको होइन, तर परमेश्‍वरको हो। 16 भोलि तिनीहरूको विरुद्धमा तल जाओ। तिनीहरू जीजको घाटीबाट उकालो चढिरहेका हुनेछन्, र तिमीहरूले तिनीहरूलाई यरूएलको वनमा भएको घाटीमा भेट्टाउनेछौ। 17 तिमीहरूले यो लडाइँ लड्नु पर्नेछैन। आफ्नो मोर्चा लिनू र दह्रो भई खडा रहनू। हे यहूदा र यरूशलेम, याहवेहले तिमीहरूलाई दिने छुटकारालाई हेर! नडराओ र निराश नहोओ; भोलि तिनीहरूको सामना गर्न निस्कनू र याहवेह तिमीहरूसित हुनुहुनेछ।’ "

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.