3 यहोशापातले डराएर याहवेहसित सल्लाह लिने सङ्कल्प गरे। तिनले सारा यहूदामा उपवास बस्नलाई घोषणा गरे। 4 यहूदाका मानिसहरू याहवेहबाट सहायता माग्न एकसाथ आए। वास्तवमा तिनीहरू उहाँसित सल्लाह माग्न यहूदाको प्रत्येक सहरबाट आए।
15 तिनले भने: "हे सबै यहूदा र यरूशलेमका मानिसहरू र राजा यहोशापात, सुन्नुहोस्! याहवेहले तपाईंहरूलाई यसो भन्नुहुन्छ: ‘यो विशाल फौजको कारण नडराओ, र निराश नहोओ; किनकि यो लडाइँ तिमीहरूको होइन, तर परमेश्वरको हो। 17 तिमीहरूले यो लडाइँ लड्नु पर्नेछैन। आफ्नो मोर्चा लिनू र दह्रो भई खडा रहनू। हे यहूदा र यरूशलेम, याहवेहले तिमीहरूलाई दिने छुटकारालाई हेर! नडराओ र निराश नहोओ; भोलि तिनीहरूको सामना गर्न निस्कनू र याहवेह तिमीहरूसित हुनुहुनेछ।’ "
22 तिनीहरूले स्तुति-प्रशंसाका गीतहरू गाइरहेको बेला याहवेहले यहूदामाथि आक्रमण गर्ने अम्मोन, मोआब र सेइर पर्वतका मानिसहरूको विरुद्धमा धरापहरू राखिदिनुभयो, र तिनीहरू परास्त भए।