12 तब राति याहवेह सोलोमनकहाँ देखा पर्नुभयो र भन्नुभयो:
"मैले तेरो प्रार्थना सुनेँ, र मैले यस ठाउँलाई बलिदान चढाउने मन्दिरको रूपमा आफ्नै निम्ति चुनेँ।
13 "मैले आकाशलाई बन्द गरेको बेला पानी नपर्दा, अथवा देशलाई सखाप पार्न सलहहरू पठाउँदा, अथवा मेरा मानिसहरूमाथि विपत्ति पठाउँदा, 14 यदि मेरो नामद्वारा बोलाइएका मेरा मानिसहरूले आफूलाई विनम्र तुल्याएर प्रार्थना गर्दै मतिर फर्के भने, र आफ्ना दुष्ट चालहरूबाट फर्के भने म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु; अनि तिनीहरूका पाप क्षमा गरेर तिनीहरूको देशलाई निको पार्नेछु। 15 अब यस ठाउँमा चढाइएका प्रार्थनाहरूप्रति मेरा आँखा खुल्ला र कान सतर्क रहनेछन्।