2 हिजकियाले आफ्नो अनुहार भित्तातिर फर्काएर याहवेहलाई प्रार्थना गरे, 3 "हे याहवेह, म तपाईंको सामु कसरी विश्वासयोग्यतामा र सम्पूर्ण हृदयको भक्तिमा हिँडेको छु, र मैले तपाईंको दृष्टिमा जे ठिक छ, त्यही गरेको कुरालाई सम्झनुहोस्।" तब हिजकिया धुरुधुरु रोए।
Publicidade