16 अगमवक्ताले जवाफ दिए, "नडरा, हामीसित जो छन्, तिनीहरूसित भएकाहरूभन्दा धेरै छन्।"
17 तब एलीशाले प्रार्थना गरे, "हे याहवेह, यसका आँखा खोलिदिनुहोस्, ताकि यसले देख्न सकोस्।" तब याहवेहले त्यस सेवकका आँखा खोलिदिनुभयो। त्यसले हेर्यो, र एलीशाका चारैतिरका डाँडाहरू आगोका घोडाहरू र रथहरूले भरिएका देख्यो।