5 मृत्युका छालहरूले मलाई घेरे;
विनाशको बाढीले मलाई भयभीत पारे।
6 चिहानका पासाहरूले मलाई चारैतिर घेरा हाले;
मैले मृत्युको पासोको सामना गर्नुपर्यो।
7 मेरो सङ्कष्टमा मैले याहवेहलाई पुकारेँ;
मैले मेरा परमेश्वरलाई पुकारेँ।
उहाँले आफ्नो भवनबाट मेरो सोर सुन्नुभयो;
मेरो चीत्कारहरू उहाँका कानमा पुग्यो।