सारा इस्राएलमाथि दावीद राजा भएका
1 तब इस्राएलका सबै कुलहरू हेब्रोनमा दावीदकहाँ आएर भने, "हामी तपाईंको आफ्नै रगत र मासु हौँ। 2 विगतमा शाऊल हामीमाथि राजा हुँदा इस्राएललाई सैनिक लडाइँमा डोर्याउने तपाईं नै हुनुहुन्थ्यो। अनि याहवेहले तपाईंलाई भन्नुभएको थियो, ‘तँ मेरा प्रजा इस्राएलको गोठालो हुनेछस्, र तँ तिनीहरूका शासक हुनेछस्।’ "
3 जब इस्राएलका सबै प्रधानहरू हेब्रोनमा राजा दावीदकहाँ आए, तब राजाले तिनीहरूसित याहवेहको करार बाँधे। अनि तिनीहरूले दावीदलाई इस्राएलमाथि राजा अभिषेक गरे।