12 अब राजा दावीदलाई यसो भनियो, "याहवेहले ओबेद-एदोमको परिवारमा र तिनीसँग भएका हरेक कुरामा परमेश्वरको सन्दुकको कारण आशिष् दिनुभएको छ।" यसकारण दावीदले परमेश्वरको सन्दुकलाई ओबेद-एदोमको घरबाट आनन्दसाथ दावीदको सहरमा ल्याए। 13 जब याहवेहको सन्दुक बोक्नेहरू छ कदम अगि बढे, तब तिनले एउटा साँढे र एउटा मोटो बाछा बलि चढाए। 14 दावीदचाहिँ मलमलको एपोद लगाएर आफ्नो पूरा जोशको साथ याहवेहको सामु नाचे। 15 यसरी तिनी र सारा इस्राएलीहरूले कराउँदै र तुरही बजाउँदै याहवेहको सन्दुक लिएर आएका थिए।
Publicidade